काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने भएकी छिन् । परराष्ट्र मन्त्रालय स्रोतका प्रधानमन्त्री ओली मंसिर १६ मा चीनको औपचारिक भ्रमणमा जाने भएपछि त्यसको तयारीका लागि मन्त्री राणा मंसिर १३ गते चीन जान लागेकी हुन् ।
चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणमा चीन जान लागेकी राणाले प्रधानमन्त्री ओलीको भ्रमणको तयारी गर्ने छिन् ।
प्रधानमन्त्री ओलीको भ्रमणको औपचारिक घोषणा भने भइसकेको छैन। प्रधानमन्त्री ओली आफ्नो तेस्रो कार्यकालको पहिलो औपचारिक विदेश भ्रमण चीनबाट गर्दैछन् । यसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।