हेटौडा । बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएर विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रालय विभाजन गरेर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ भने मन्त्रालयको संख्या १४ पुगेको छ ।
गत साउन ९ गते मन्त्रीको सपथ खाएका श्रेष्ठले ११२ दिनमा विभागीय जिम्मेवारी पाएका छन् । उनलाई गरिबी निवारण तथा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयबाट छुट्याएर बनाइएको सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।