काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजाआराधना गरी मनाइएको छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
छठको अवसरमा काठमाडौँ, धनुषा, महोत्तरी, नवलपरासी, चितवन, सर्लाहीसहित देशैभरिका व्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्व मनाएका छन् ।
तस्बिरहरु-रासस