पोखरा । सभापति रवि लामिछाने पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत लगिएको छ । म्याद थप नगर्न दवाव दिन रास्वपाका नेता कार्यकर्ताले आज गरेको प्रदर्शन रत्नचोक हुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरेको हो ।