काठमाडौँ । सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको छ ।
सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रकाउ परेका गोर्खा मिडिया प्रा.लि.का तत्कालीन प्रबन्धनिर्देश लामिछानेसहित कास्की प्रहरीकै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपका लागि आज जिल्ला अदालत कास्की लगिएको प्रहरीले जनाएको छ ।
कात्तिक २ गते पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले कात्तिक ८ गते दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो ।
उक्त म्याद कात्तिक १४ गते नै सकिए पनि १५ गतेदेखि तिहार बिदा सुरु भएकाले उनी हिरासतमै रहेका हुन् । आजबाट तिहार बिदा सकिएर अदालत खुलेकाले पुनस् म्याद थपका लागि अदालत लगिएको छ ।