काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालुवाटारमा प्रदर्शन गरिरहेको छ । सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि नै पोखरा, चितवन हुँदै राजधानीमा प्रदर्शन गरिरहेको रास्वपाले आज वालुवाटारमा प्रदर्शन गरेको हो ।
‘राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरुद्ध वृहत प्रदर्शन’ लेखिएको व्यानरसहित प्रदर्शन उत्रिएको रास्वपाले निषेधित क्षेत्र तोड्न प्रयास गरिरहेको छ । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरे वल प्रयोग गर्ने चेतावनी दिएको छ ।
प्रधानमन्त्री निवास नजिकै गरिएको विरोध प्रदर्शनमा प्रहरीले केही नेता, कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । आन्दोलनको सुरसारकै क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ ।