काठमाडौं । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
लामिछानेलाई गत शुक्रबार पक्राउ गरेर पोखरा लागिएको थियो भने जोशीलाई गत असोज ७ गते पक्राउ गरेर पोखरा लागिएको थियो । जोशीलाई गत असोज १७ गतेबाट लागु हुने गरी २० दिनको म्याद थप भएको थियो । त्यस्तै कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको लागि थप भएको म्याद आज सकिदैछ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।
प्रहरीले लामिछानेलाई आज म्याद थप गरेर बयानका लागि रुपन्देही लैजाने तयारी गरेको बताइएको छ ।