काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनद्वारा संचालित उपहार कार्यक्रम–२०८१ को नतिजा प्रकाशन गरेको छ । संगठनको केन्द्रीय कार्यालय बबरमहलमा बिहीबार आयोजित एक कार्यक्रमका बीच उपहार को नतिजा सार्वजनिक गरेको हो ।
२०५९ सालदेखि घटस्थापनाकै दिन पारेर उपहार कार्यक्रमको नतिजा सार्वजनिक गर्नुका साथै जलपान समारोह आयोजना गर्दै आएको संगठनले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पेशागत महासंघका केन्द्रीय उपाध्यक्ष भोला पोखरेल, हरि कुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालले आउँदै गरेको चाडपर्वको शुभकामना दिँदै संगठनको काम कारवाही अझै गतिशिल हुने विश्वास व्यक्त गरेका छन् ।
एक खालको तत्वले राष्ट्र, राष्ट्रियता, लोकतन्त्रका विरुद्ध लागिराखेको बताउादै झुट खेति गरेर भ्रम पैदा गरेकाले त्यसलाई चिर्न सवै नेपाली लाग्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै निजामति कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले सफ्टवेयरको माध्यमबाट उपहार कार्यक्रमको नतिजा प्रकाशित गरिएको र भोलि पत्रिकामा नतिजा प्रकाशित गरिने बताएका छन् ।
चिठ्ठा विक्रीबाट प्राप्त रकमको ४० प्रतिशत जिल्ला संगठनले र बाँकी ६० प्रतिशत केन्द्रमा आउने जानकारी दिँदै अध्यक्ष कोइरालाले गत वर्ष आयोजित सांस्कृति कार्यक्रम पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको स्मरण गरे । संगठन सांस्कृति कार्यक्रम, उपहार चिठ्ठा कार्यक्रम आयोजना गरेर उाउने गरेको बताएका छन् ।
संगठन केन्द्र, प्रदेश, जिल्ला र पालिकासम्म चलायमान रहेको बताउँदै संगठनले स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, पार्क निर्माण, विपन्न वर्गका बालबालिकालाई छात्रवृत्ति र विपतका बेला सहयोग कार्यक्रम संचालन गर्दैै आएको बताएका ।
८० हजार छपाइ गरिएकोमा ६५ हजार प्रति चिठ्ठा विक्री भएको जानकारी दिँदै अध्यक्ष कोइरालाले १ करोड १४ लाख १९ हजार ७ सय रकम संकलन भएको जानकारी दिएका छन् ।
चिठ्ठा कार्यक्रमको प्रथम उपहार एक वटा मोटरसाइकल, दोस्रो पुरस्कार एक वटा स्कुटर, तेस्रो पुरस्कार २ जनालाई १÷१ वटा वासिङमेसिन, चौथो पुरस्कार २ जनालाई ल्यापटप, पाँचौ पुरस्कार एलईडी टीभी ३ जनालाई र ४० जनालाई मोवाइल रहेको छ ।