काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको महान् पर्व बडादशैंको घटस्थापनाको शुभकामना दिँदै यसपाली अविरल वर्षाका कारण दशैं खल्लो हुन पुगेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले सरकारले बाढीपहिरो पीडितहरूलाई तत्कालका लागि राहत र दीर्घकालीन पुनर्बासको काम गरिरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् “आज घटस्थापना, आजबाट हाम्रो महान् पर्व बडादशैंको नवरात्र सुरु भएको छ । आज जमरा राखिन्छ । यसपाली अविरल वर्षाका कारण हाम्रो दशैं खल्लो हुन पुग्यो । बाढी पहिरोले दुईसय भन्दा बढीको ज्यान गयो, कयौँ घाइते हुनु भएको छ, घरबार विहीन हुनुभएको छ । उहाँहरूको तत्कालका लागि राहत र दीर्घकालका लागि पुनर्बासको काम गरिरहेका छौँ । घटस्थापनाको सबैलाई शुभकामना !!’