काठमाडौं । जिल्ला अदालत कास्कीले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले आइतबार सहकारी ठगीमा मुछिएका रवि लामिछानेलाई पक्राउ पुर्जी जारी गरेको हो।
जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानुनबमोजिम कारबाहीको सिफारिस गरेको थियो।
























