झापा । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दी गाउँका सवै बिरामी परेका छन् ।
रीता निरौलाको घरमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए । प्रसाद खाने अधिकांस बिरामी परेको स्थानीय प्रहरीले जनाएको छ । विद्या कटवालले जानकारी दिइन् ।
पूजा घरमा पुगेर सब्जी र रोटी अचार खाने मात्र होइन, घरमा ल्याएको प्रसाद खानेहरुलाई पनि समस्या देखिएको छ ।
अर्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भिष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५/६० जना बिरामी भएका छन् । बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ ।
प्रसाद खाएको केही समयपछि नै सबैलाई वान्ता र डाइरिया भएको थियो भने ज्वरो पनि आएको छ ।
पुजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताएका छन् । बिरामीको स्थानीय दुई क्लिनकमा उपचार भइरहेको उनले जानकारी दिएका छन् ।