भोजपुर । प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् ।
आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । ‘हेर्ने कथा’ मार्फत भेटिएका प्रकाशलाई उनको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिइएको छ ।
षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको उपस्थितमा प्रकाशलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।
प्रकाशको नागरिकताबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नै तत्कालीन गृह सचिव एकनारायण अर्यालसँग कुरा गरेका थिए ।
प्रधानमन्त्री ओलीकै चासो दिएका कारण वडाध्यक्ष, मेयर र दिङ्ला इलाका प्रशासन कार्यालयको समन्वयमा प्रकाशले घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन ।