काठमाडौं । भारतको विहार राज्यमा नेपाली तीर्थायु बोकेको गाडी दुर्घटना हुँदा ३६ जना भन्दा बढी घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरु नेपालको बारा जिल्ला निवासी हुन् ।
शनिबार बिहान ११ बजे नेपालबाट गएको बस भारतमा आज बिहान ३ बजे पल्टिएको भारतीय अनलाइन समाचार अमरउज्वलाले जनाएको छ । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बसको एक्सल टुटेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
देवघर गइरहेको बस दुर्घटनामा परेपछि स्थानीय र प्रहरीको मद्दतमा उनीहरुको उद्धार गरी अस्पताल लगिएको छ । मुसरीघरारी चोकनजिकै राष्ट्रिय उच्चपथ २८ मा बस पल्टिएको थियो । ट्रकसँग ठोक्किएपछि बसको एक्सल टुटेको र दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।