काठमाडौँ । ब्राजिलमा एउटा यात्रुवाहक जहाज दुर्घटना भएको छ । सो जहाज दुर्घटनामा परी चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको छ ।
दुई इन्जिनको टर्बोप्रोप जहाज दक्षिणी राज्य पारानाको कासकाभेलबाट साओपाओलोको गुआरूल्होस विमानस्थलका लागि जाने क्रममा दुर्घटनामा परेको हो ।
यो जहाज अचानक अनियन्त्रित भएर सहरनजिकै खसेको सामाजिक सञ्जालमा देख्न सकिन्छ।
एटीआर ७२-५०० जहाजले ५७ यात्रु र चार जना चालक दलका सदस्यसहित उडान भरेको थियो । उनीहरू कोही पनि नबाँचेको स्थानीय अधिकारीले बताएका छन् ।