काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर राजधानी ढाका छोडेकी छिन् । समाचार संस्था अलजजिराका अनुसार विद्यार्थी आन्दोलन चर्किदै गएपछि राजीनामा दिएर हसिना सुरक्षित स्थान तर्फमा लागेकी छिन ।
सन् २००९ देखि निरन्तर बंगलादेशको सत्तामा रहेकी हसिनाले विद्यार्थी प्रदर्शन अनियन्त्रित र हिंसात्मक बन्दै गएपछि पद त्याग्न बाध्य भएकी हुन ।
प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका बंगलादेशीका विद्यार्थी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् ।
स्थिति सम्हाल्न बंगलादेशका सेना प्रमुख जनरल वाकर उज जमानले देशका नाममा सम्बोधन गर्ने तयारी गरेको एजेन्सीहरुले जनाएका छन् ।
बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा आइतबार मात्रै प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ९७ जनाको मृत्यु भएको थियो ।