सिरहा । गोलबजार नगरपालिकाले असारको मिति राखेर साउनमा गरेको ‘न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरुलाई अभिमुखिकरण’ तालिम हलमा अख्तियारले छापा मारेको छ ।
अवैधानिक ढङ्गले नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जन प्रतिनिधीहरु नै नियम कानुनको मानमर्दन गर्दै कार्यक्रम गरिरहेकै स्थानमा छानबिनका लागि अख्तियारको टोलिले छापा मारेको हो । विस्तृत विवरण आउन बाँकि छ ।
गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार असार मसान्तमा सक्नु पर्ने कार्यक्रम नगर उप–प्रमुख मान्ती साहकै मिलेमतोमा प्रक्रिया मिचेर असारको मिति राखेर साउनमा तालिम कार्यक्रम आयोजना गरेको समाचार सोमवार प्रकाशित भएको थियो ।