विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी माओवादी आजबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।
एक राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्रीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष आज राजीनामा बुझाएका छन् ।
भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेती, स्वास्थ्मन्त्री राजेन्द्र कार्की, पर्यटनमन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगले मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका हुन ।
आजै बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको दलका नेता इन्द्रबहादुर आङ्वोले बताएका थिए ।