काठमाडौँ । नेकपा एमालेको भागमा परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सार्ने निर्णय भएको छ ।
प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीका अनुसार, पार्टी केन्द्रको निर्देशन अनुसार उपनेता आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएको हो ।
यसअघि संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्काजस्तै थियो । गिरी पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् भने आचार्य महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।