विराटनगर । मंगलबार रातिदेखि निरन्तरको वर्षाले विराटनगरको वस्ती डुबानमा परेको छ भने विद्यालयहरु पनि बिदा गरिएको छ ।
खोलाको बाढी तटीय बस्तीमा पसन थालेपछि विराटनगर महानगरपालिका–६ का झण्डै ५ सय घरमा पानी पसेको बताइएको छ ।
त्यस्तै वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पस्दा खोला किनारका ६० बढी घर डुबानमा परेका छन् ।
पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
वर्षाका कारण पानी जमेपछि सहिद रंगशाला विराटनगरमा जारी एसईई कपको खेल पनि रोकिएको छ ।
प्रभावितलाई उद्धार गरेर राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको बताइएको छ ।