अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत चयन भएका छन् । शनिबार देखि सदरमुकाम सन्धिखर्कमा सुरु भएको अधिवेशनमा अध्यक्षमा भुसाल र सचिवमा तोज बहादुर रायमाझी सर्वसम्मत रुपमा चयन भएका हुन् ।
यस्तै उपाध्यक्ष र सहसचिव लगायतका पदमा भने निर्वाचन भएको छ । उपाध्यक्ष पदमा शम्भु पोख्रेल ३ २४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी प्रेम नारायण गैरेले १९९ मत प्राप्त गरेका थिए ।
यस्तै उप–सचिवमा खगिस्वर पन्थीले ३१४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी श्रीकृष्ण भुसालले १८९ मत प्राप्त गरेका थिए । यस्तै महिला तर्फबाट उपसचिव पदमा शिवकला बि.क.ले ३४८ मतसहित विजयी भएकी छन् ।
यस्तै महिला सदस्यमा कमला खनाल भण्डारी , दिपा पन्थी आचार्य , देवी थापा भुसाल, मिश्रा आचार्य विजयी भएका छन् ।