विराटनगर । शुक्रबारदेखि आन्दोलनरत विद्यार्थीहरुले विराटनगरमा सरकारी गाडी जलाइदिएका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलित विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाइदिएका हुन् ।
प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको सडकमा गुडिरहेको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् ।
प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् ।
निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरेको भन्दै रंगेली नगरपालिका पुगेका विद्यार्थीले नगर प्रहरीमाथि आक्रमण गरेपछि ६ जनालाई पक्राउ गरेको थियो ।