कपिलवस्तु । बुद्धभूमि नगरपालिका १ कपासीमा गर्मीको कारण एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ९ अर्घाका ५२ वर्षीय थानेश्वर परियार छन् ।
शुक्रबार दिउँसो बुद्धभूमिस्थित इमिलियामा आफ्नी छोरीलाई भेटेर घर फर्किंदै गर्दा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकाका अनुसार त्यो दिन कपिलवस्तुमा निकै गर्मी रहेको र कुनै बिरामी र बाहिरी चोटपटक बिनै उनको मृत्यु भएको कारण गर्मीले नै मृत्यु भएको आशंका गरिएको हो ।
मध्य दिउँसो रुखको छहारी मुनी उनको शव भेटिएको थियो ।
मृतकको शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोस्टमार्टमपछि शनिबार आफन्तले बुझेर लगेका थिए । पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
मृतककी छोरी सम्झनाले आफूलाई भेटेर घर फर्किदा बुवाको स्वास्थ्यमा कुनै समस्या नहरेको बताएकी छिन् ।