काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार एक दिने नेपाल भ्रमणमा रहेकी जापानी विदेशमन्त्री योकोसँग दुई पक्षीय हितका बारेमा छलफल भएको बताइएको छ ।
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री आज काठमाडौं आएकी हुन् ।
जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। विदेशमन्त्री योको भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।