काठमाडौँ । सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ ।
आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरुसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।
राइको पक्षमा सांसदहरु वहुमत देखिए पनि केन्द्रीय सदस्य ४० प्रतिशत पुर्याउन सक्छन् कि सक्दैनन्, राईको सफलता असफलता त्यसले टुंगो लाग्ने छ ।
४०६ जनाको केन्द्रीय समिति रहेको जसपामा राईको पक्षमा कम्तीमा १६३ जना केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।
राजनीतिक दल दर्ता सम्बन्धी ऐन, २०७३ को दफा ३३ को उपदफा दुई मा कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तिमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यसमेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको नमानिने उल्लेछ ।