झापा । कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ । दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेकी १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन् ।
अधिकारीको शरीरका दुई ठाउँमा चोट देखिएको र प्रारम्भिक अनुसन्धानका क्रममा गोली लागेको हुन सक्ने प्रहरीेले जनाएको छ ।
घाइते अधिकारीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणकारीको पहिचान भइसकेको छ, नाका सिल गरेर खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
उनको अवस्था सामान्य रहेको र पेटमा डढेको, दबेको, ददारिएको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ ।

























