काठमाडौं । नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले अहिलेको अवस्थामा वर्तमान सरकारको बिकल्प नभएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले मुलुकको बिकास र समृद्धिका लागि वर्तमान सरकारको ध्यान केन्द्रीत भएको भन्दै यसको बिकल्प नभएको बताएका हुन । उनले सापेक्षित रुपमा वर्तमान सरकार लामो समय टिक्ने बताए ।
सरकारमा रहेका घटकहरु न्यूनतम साझा कार्यक्रम र एजेण्डामा दृढताका साथ अघि बढ्दासम्म सरकारमा कुनै समस्या नहुने उनको भनाइ छ । राष्ट्रिय स्वाधिनताका साथै देश र जनतालाई हितमा राख्दै सरकारले काम गरिरहेको उनले बताएका छन् ।
गुरुङले राष्ट्रियता र जनताको मुद्धाहरुमा कम्युनिष्टहरु दृढ रहेको धारणा राखेका छन् ।
त्यस्तै महासचिव गुरुङले नेपालको समृद्धिका लागि आन्तरिक स्रोत साधन नै मुख्य कुरा भएपनि बाह्य पूँजीको पनि भूमिका महत्पवपूर्ण रहेकाले लगानी सम्मेलनले विदेशी पूँजी भित्र्याउन प्रोत्साहित गरेको बताएका छन् ।