इलाम । इलाम-२ मा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १३ हजार ६ सय ६९ मत कटाउँदा मतान्तरचार हजार छ सय ८३ ले फराकिलो बनाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १३ हजार ६ सय ६९ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले आठ हजार तीन सय ८६ मत पाएका छन् ।
त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले आठ हजार ९८ मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म एक हजार सात सय १३ मत प्राप्त गरेका छन् ।