बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले एक सय २५ मतको अग्रता लिएका छन् ।
सिंह ९ हजार चार सय ६८ र नेकपा एमालेका दमन बहादुर भण्डारी ९ हजार तीन सय ४३ मतका साथ कडा प्रतिस्पर्धा गरिरहेका छन् ।
त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ५ सय ८७ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ४ सय ५ मत ल्याएका छन् ।