इलाम । इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ३३ सय ५७ मतले पछि पारेका छन् । नेम्वाङ १० हजार चार सय १९ मत प्राप्त गरेर लिड गरिरहेका छन् ।
उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ७ हजार ६२ मतका साथ पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले पाँच हजार सात सय ६१ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुले एक हजार ४ सय ५१ मत प्राप्त गरेका छन् ।