इलाम । वैशाख १५ गते सम्म इलाम– २ को उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म गणना भएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काको ११४५ मत आएको छ भने नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको १०६३ मत आएको छ ।
त्यस्तै पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ३११ मत आएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूको २०९ मत आएको इलामस्थित हाम्रा प्रतिनिधिले जानकारी दिएका छन् ।
कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम– २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।
१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।