दाङ । लुम्बिनिको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् ।
नेपालको संबिधानको धारा १६८ उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुख अमिक शेरचनले जानकारी दिए ।
उनलाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।
उनको शपथ भने आइतबारमात्रै गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।