काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । उनलाई ठमेलबाट पक्राउ गरिएको हो ।
कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा खाम फरार थिए ।
यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका लडाकू कमाण्डर गोविन्दबहादुर बटाला भने अदालतबाट सफाइ पाएपछि रिहा भएका थिए ।
उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पु-याएर हत्या गरेको खाममाथि आरोप छ ।