पाल्पा । रिब्दीकोटमा १९ वर्षीया एक युवतीको घाँटी रेटेको अवस्थामा शव भेटिएको छ । रिब्दीकोट गाउँपालिका– १ ख्याहा काराम्दीकी १९ वर्षीया पद्मा सुनारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत सुनार मंगलवार दिउँसो घरबाट केही टाढा रहेको सार्वजनिक पँधेरोमा नुहाउन गएकी थिइन् ।
नुहाउन गएकी छोरी घर फर्किन ढिलो गरेपछि खोजी गर्दा मंगलवार साँझ शव फेला परेको आफन्तले बताएका छन् । उनको घाँटी र हातमा काटेर बिभत्स तरिकाले हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
उनको शव रातभर घटनास्थलमै राखेर प्रमाण नष्ट हुन नदिइएको र
जिल्ला प्रहरी कार्यालयको टोली भैरहवाबाट लगिएको तालिम प्राप्त कुकुरसहित अहिले घटनास्थलमा पुगेको बताइएको छ ।
एकान्त ठाउँमा आफूमाथि बलात्कारको प्रयास हुँदा उनले प्रतिकार गर्दा हत्या भएको अनुमान स्थानीयले गरेका छन् भने । प्रहरीले अनुसन्धान पछि मात्रै घटनाको वास्तविकता खुल्ने जनाएको छ ।