काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ । होली खेल्ने क्रममा आइतबार राति दुई समूहबीच झडप भएको थियो ।
मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा बस्दै आएका थिए ।
उनीहरूको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको पाइएको छ । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा गए राति नै १८ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।




















