काठमाडौं । नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।
सहकारी पीडित, सुन तस्करी प्रकरणका कारण विद्यार्थीहरु पलायन भएकोमा सरकारलाई प्रश्न गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै उनीहरुले शंकरदेवअगाडि मसाल जुलुससहित गृहमन्त्रीको पुत्ला समेत जलाएका थिए ।
























