शारदानगर । एभरेष्ट फुटबल क्लबलाई स्तब्ध पार्दै रामपुर रड्स बखान कपको फाइनलमा प्रवेश गरेको छ। तत्कालीन कानुन न्याय तथा भूमि-सुधार मन्त्री स्वर्गीय क्याप्टेन बखान सिंह गुरुङको सम्मानमा युवा तथा खेलकुद विकास समिति शारदानगर भूतपूर्व सैनिक कल्याणकारी संस्था भरतपुर १९ चितवनको आयोजनामा जारी सेन्ट्रल कलेज दोस्रो बखान च्याम्पियन कप, फुटबल प्रतियोगिताको अन्तिम सेमी फाइनल खेलमा एभरेष्ट फुटबल क्लबलाई २ -० गोलले पराजित गर्दै रामपुर रड्स फाइनलमा प्रवेश गरेको हो।
पश्चिम चितवनको सहिद भूमि भरतपुर महानगरपालिका-१९ मा रहेको बखान मिनी रङ्गशाला, शारदानगर खेल मैदानमा शनिबार भएको पहिलो हाफको खेलमा रड्सका विदेशी खेलाडी योमीले खेलको २७ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । यस्तै खेलको दोस्रो हाफको ५० औँ मिनेटमा रड्सका देव गुरुङले गोल गर्दै खेल २-० ले आफ्नो पक्षमा पारेको थियो । खेल अबधिभर एभरेष्टले गोल गर्ने अवसर प्राप्त गरेपनी गोलमा परिणत गर्न नसक्दा अन्तत: खेलमा हार व्यर्होन वाध्य भयो ।
खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरे सँगै रड्सका देव गुरुङ प्लेयर अफ दि म्याच चुनिन सफल भए । भने रड्सका अजित लामा यस्तै एभरेष्टका गौरव श्रेष्ठ र भविन्द्र मल्ल ठकुरीले एल्लो कार्ड पाएका थिए ।
गत फागुन १९ गतेबाट शुरु भएको खेल चैत्र ५ गते एक कार्यक्रम विच समापन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो चरणमा १७ टिम सहभागी भएका थिए । यस प्रतियोगितामा एन्फाका रेफ्रीहरु पूर्ण गुरुङ, होम गुरुङ, सुजन अधिकार र सुजित ठकुरी रहनुभएको छ ।
अब रामपुर रड्सले फाइनल खेल चैत ५ गते सोमबार पार्वतीपुर युनाइटेड सँग खेल्नेछ । खेलको प्रत्यक्ष प्रसारण रेडियो साहिनोको आधिकारिक फेसबुक पेज बाट पनि हेर्न सक्नुहुनेछ । यस्तै, खेलको सम्पूर्ण फोटोहरू विशाल गुरुङ फोटोग्राफी फेसबुक पेजमा हेर्न सक्नुहुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले पुरस्कार स्वरूप नगद रु २ लाख सहित रजत शिल्ड, मेडल र प्रमाण पत्र साथै उपबिजेता हुने टोलीले नगद रु १ लाख सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्तम गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडी हुने नगद सहित पुरस्कार प्राप्त गर्ने छन् ।

























