शारदानगर, २ चैत । सडन डेथमा पेनगुइन एजुकेसनलाई हराउँदै पार्वतीपुर युनाइटेड बखान कपको फाइनलमा प्रवेश गरेको छ । नेपालको सहकारीको जन्मदाता रुपमा परिचितव पूर्व कानुन न्याय तथा भूमि–सुधार मन्त्री स्वर्गिय क्याप्टेन बखानसिंह गुरुङको सम्मानमा भरतपुर वडा १९ अन्तर्गतको युवा तथा खेलकुद विकास समिति शारदानगर, भूतपूर्व सैनिक कल्याणकारी संस्था भरतपुर १९ चितवनको आयोजनामा आयोजनामा जारी सेन्ट्रल कलेज दोस्रो बखान च्याम्पियन कप, फुटबल प्रतियोगिताको पहिलो सेमी फाइनल खेलमा पेनगुइन एजुकेसन भरतपुर २४ लाई सडन डेथमा १-० गोलले पराजित गर्दै पार्वतीपुर युनाइटेड फाइनलमा प्रवेश गरेको हो ।
पश्चिम चितवनको सहिद भूमि भरतपुर महानगरपालिका-१९ मा रहेको बखान मिनी रङ्गशाला, शारदानगर खेल मैदानमा शुक्रबार भएको रोमाञ्चित खेलमा खेल अबधिभर दुबै टिमले गोल गर्ने सुनौलो मौका पाएको थियो तर दुबै टिमबाट अन्तिम समयसम्म पनि गोल हुन नसकेपछि खेल ट्राईबेकरमा गएको थियो ।
ट्राईबेकरमा दुबै टिमको तर्फबाट समान ५/५ गोल भएपछि खेल सडन डेथमा धकलिएको थियो । सडन डेथमा पेनगुइन एजुकेसनका आशिस थिङले गोल गर्न चुक्दा खेल पार्वतीपुर युनाइटेडको पक्षमा गएको थियो ।
खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरे सँगै पार्वतीपुर युनाइटेडका गोल रक्षक रविन बस्नेत प्लेयर अफ दि म्याच चुनिन सफल भए । भने पार्वतीपुर युनाइटेडका आशिस ताम्राकार र विशाल स्याङ्ताङ यस्तै पेनगुइन एजुकेसनका सलिल ढकालले एल्लो कार्ड पाएका थिए ।
गत फागुन १९ गतेबाट शुरु भएको खेल चैत्र ५ गते एक कार्यक्रम विच समापन गरिने आयोजकले जनाऐको छ । यश प्रतियोगिताको पहिलो चरणमा १७ टिम सहभागी भएका थिए । यस प्रतियोगितामा एन्फाका रेफ्रीहरु पूर्ण गुरुङ होम गुरुङ ,सुजन अधिकार र सुजित ठकुरी रहनुभएको छ । प्रतियोगितामा अन्तिम सेमी फाइनल खेल शनिबार रामपुर रड्स र एभरेष्ट फुटबल क्लब बिच हुनेछ । भोलीको खेल बिजेताले चैत्र ५ गते पार्वतीपुर युनाइटेड सँग पलाइनल खेल हुनेछ ।
खेलको प्रत्यक्ष प्रसारण रेडियो साहिनोको आधिकारिक फेसबुक पेज बाट पनि हेर्न सक्नुहुनेछ । यस्तै, खेलको सम्पूर्ण फोटोहरू विशाल गुरुङ फोटोग्राफी फेसबुक पेजमा हेर्न सक्नुहुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले पुरस्कार स्वरूप नगद रु २ लाख सहित रजत शिल्ड, मेडल र प्रमाण पत्र साथै उपबिजेता हुने टोलीले नगद रु १ लाख सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्तम गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडी हुने नगद सहित पुरस्कार प्राप्त गर्ने छन् ।