काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग फराकिलो अन्तरले पराजित भएको छ ।
हङकङमा भएको फाइनलमा पिएनजीले नेपाललाई ८६ रनले हराउँदै उपाधि जितेको हो ।
१७२ रनको विजय लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमै अलआउट भयो।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए। त्यस्तै आरिफ शेख १५ र रोहित पौडेलले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
यसअघि टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १७१ रन बनाएको थियो।
पीएनजीका लागि टोनी उराले सर्वाधिक ६१ रन बनाए। उनले ३७ बलमा ४ छक्का र ५ चौका प्रहार गरे। त्यसैगरी हिरि हिरीले १५ रन, हिला भारेले १८ रन, किप्लिन डोरिगाले १४ रन, चाड सोपरले १३ रन बनाए। अलेई नाओले ३० रन बनाएर अविजित रहे ।