काठमाडौं । फ्रेन्डसिप कप टी-ट्वान्टी क्रिकेटमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ। टस हारेर फिल्डिङको निम्तो पाएको घरेलु टोली हङकङले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा २१२ रन बनाएको हो ।
नेपालका लागि आकाश चन्दले ३ विकेट, राशिद खान, प्रतिश जिसी, आरिफ शेख १/१ विकेट लिएका हुन्। चन्दले आज टी ट्वान्टीमा डेव्यु गरेका हुन्।
नेपालका लागि चन्दबाहेक अन्य बलरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। शेख, खान र ढकालले प्रतिओभर १२ रनभन्दा बढी दिएका थिए।
हङकङका लागि बाबर हायातले शतक प्रहार गरेका छन्। हङकङका लागि हायातले ११० रन, अन्शुरथ रथले ३९ रन, ओपनर मार्टिन कोएट्जीको ३१ रनको योगदान गरे। आजियाज खानले २१ रन बनाएर अविजित रहे। यासिम मुर्तजा, निजाकत खान र जेमी एटकिन्सन शून्य रनमै आउट भए।
हङकङको मिसन रोड ग्राउन्डमा शनिबार नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो। मुख्य प्रशिक्षक मोन्टी देसाईले प्लेईङ सेटमा बिनोद भण्डारीलाई मौका दिएका छन् भने युवा खेलाडीहरुलाई अवसर दिएका छन्। नेपाली टिममा कप्ता रोहित पौडेलसहित कुशल भुर्तेल, आकाश चन्द, रासिद खान, सागर ढकाल, प्रतिस जिसी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख र विवेक यादव छन्।