आज मार्च ८ अर्थात ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस । महिला दिवसका अवसरमा विश्वमा झै नेपालमा पनि ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइदैछ ।
प्रत्येक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला अर्थात नारी दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाज हो । महिला कामदारमाथि हुने श्रम शोषण र भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सृजना गर्नु यस दिवसको उद्देश्य हो ।
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू गरिएको हो । नेपालमा विसं २०१६ सालदेखि मनाउन थालिएको थियो ।
धनकी देवी लक्ष्मी, विद्याकी देवी सरस्वती र शक्तिकी देवी दुर्गा भनेर नारीलाई पूजा गर्ने गरिन्छ । हो एउटी महिला आमा पनि हुन, छोरी पनि हुन, दिदी पनि हुन, वहिनी पनि हुन, वुहारी पनि हुन, श्रीमती पनि, सासु पनि र शिक्षिका पनि । नारी धर्ती हुन, आकाश हुन, प्रकाश हुन अनि ममताकी खानी । तर २१ औं शताव्दीमा आइपुग्दा पनि अझै हाम्रो समाजमा महिलालाई पुरुष समान व्यवहार पाइदैन । शिक्षामा अझै पनि छोरा र छोरीबीच भेदभाव छ । जन्म उत्सवदेखि मृत्यु संस्कारसम्म भेदभाव र अपहेलना कायमै छ ।
अशिक्षाका कारणले विपन्नता अन्धविश्वास, बेरोजगार, परालम्बी तथा कमजोर स्वास्थ्य आदि नकारात्मक प्रवृत्तिले महिलालाई बढी गाँजेको छ । जबसम्म महिला र पुरुषलाई शिक्षामा पहुँच उनीहरूको क्षमताका आधारमा सुनिश्चित गरिन्न तवसम्म विकासको गति तीव्र हुन सक्दैन । भौतिक विकासको अर्थ हुँदैन ।
हाम्रो जस्तो पुरुषप्रधान देशहरुमा त अझै कतै धर्म र संस्कृति, कतै परम्परा र प्रचलन, कतै भेदभावपूर्ण नियम कानुन आदिले आआफ्नो तरिकाले महिलामाथि विभेद र शोषण भइरहेको छ । धार्मिक, सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा महिला र पुरुषबीच ठूलो खाडल छ । हाम्रो जस्तो विकासशील देशहरुको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड महिला नै रहेका छन् तर स्रोत र साधनमा यिनै महिलाहरुको पहुँच अत्यन्त न्युन छ ।
छोटकरीमा नारी दिवस भनिए पनि यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । त्यसैले यो दिवसले श्रमिक महिलाको हक/अधिकारबारे बढी वकालत गर्छ । उनीहरूका न्याय स्थापित गर्न सरोकारवालाहरुलाई घच्घच्याउँछ । नेपालमा बढ्दो अनौपचारिक श्रम शक्तिमा महिलाको संख्या बढी छ । अनौपचारिक क्षेत्रमा संलग्न महिलाको खास तथ्यांक पाउन नसकिए पनि यो क्षेत्र महिलाकै संख्या बढी छ । तर पनि श्रमिक महिलाका लागि आवश्यक प्रबन्ध न सरकारी न त गैरसरकारी कुनै पनि निकायले गर्न सकेका छैनन् ।
महिला दिवसका अवसरमा गरिने कार्यक्रमहरु ठूला होटलको मिष्ठान्न भोजनमा गएर समाप्त हुन हुँदैन । दिवसले वास्तविक शोषित, पीडित हिमाल, पहाड, तराइका आम महिलाका आधारभूत सवालहरुमा के ग¥यो, प्रश्न गम्भीर छ । तसर्थ, महिला दिवस दूरदराजमा, श्रमिक महिलाहरुको वस्तीमा, पिछडिएको वर्गमा गर्नुपर्छ । ताकि महिलाहरुले आफ्नो हक, अधिकार र कर्तव्यप्रति सजग र सचेत भई स्वाभिमानिपूर्वक आत्मनिर्भर जीवनयापन गर्न सकुन् ।
जबसम्म वास्तविक श्रमिक महिला, त्यो पनि अनौपचारिक क्षेत्रमा संलग्न महिलालाई केन्द्रमा राखेर गतिविधि गरिन्न, उनीहरूका हक/अधिकार सुनिश्चित गर्ने हिसावले दबाब दिइन्न तबसम्म नारी दिवसको सार्थकता हुँदैन ।
अशिक्षाका कारणले विपन्नता अन्धविश्वास, बेरोजगार, परालम्बी तथा कमजोर स्वास्थ्य आदि नकारात्मक प्रवृत्तिले महिलालाई बढी गाँजेको छ । जबसम्म महिला र पुरुषलाई शिक्षामा पहुँच उनीहरूको क्षमताका आधारमा सुनिश्चित गरिन्न तवसम्म विकासको गति तीव्र हुन सक्दैन । भौतिक विकासको अर्थ हुँदैन ।
भनिन्छ एक जना पुरुष शिक्षित भए आफूूमा मात्रै सीमित हुन्छ तर एक जना महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन् त्यस कारण महिला शिक्षित हुनु भनेको पारिवारिक सक्षमता आउनु हो, आयआर्जन बढेर आत्म निर्भर बन्नु हो, इलममा बढोत्तरी गरी सम्पन्नतातिर लम्कनु हो । त्यसैले साक्षरता नारी सशक्तीकरणको पहिलो खुड्किलो हो, समाज रुपान्तरणको जग हो । यसै वास्तविकतालाई आत्मसात् गर्दै विगतमा अनौपचारिक शिक्षा केन्द्रले महिलालाई विशेष ध्यान दिएर कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
साक्षरता अभियानका स्वयंसेवक, स्थानीय निरीक्षक तथा पढ्न आउने निरक्षर समेतमा महिलालाई प्राथमिकता दिनुपर्ने प्रावधान राखेको छ । जसको फलस्वरूप महिला साक्षरतामा उल्लेख्य वृद्धि भएको छ । मातृ तथा बालमृत्यु दर घटेको छ । राज्यका विभिन्न निकाय र कार्यक्रममा महिलाको पहुँच क्रमिकरूपमा बढेको छ । साक्षरत शिक्षित एवं सचेत महिला आमा भएको परिवारको बालबालिकाको पढाइको स्तर स्वभावैले बढ्न जान्छ ।
वैज्ञानिक एवं विश्व भूमण्डलीकरणको युगमा समेत पितृसत्तात्मक सोच, अशिक्षा, गरिबी, विभेदपूर्ण कानुन, महिला तथा बालबालिकामाथि हुने जबरजस्ती करणी, यौन दुव्र्यवहार, एसिड आक्रमण, जिउँदै आगो लगाउने, घरेलु हिंसा, बेचविखन, बालविवाह, बहुविवाह, अनमेल विवाह, सामाजिक अपहेलना, दाइजो तथा छाउपडी प्रथा जस्ता अमानवीय व्यवहार सहन बाध्य छन् महिला । जुन समाजमा यस्ता कार्य हुन्छन्, त्यो समाज सभ्य, सक्षम र प्रगतिशील हुन सक्दैन । महिलाहरुमाथि हुने विभेद, थिचोमिचो, हिंसा नेपालमा मात्र होइन विश्वका अधिकांस मुलुकमा छ ।
नेपालमा महिलालाई हेर्ने दृष्टिकोण र अधिकारमा विस्तारै परिवर्तन भने हुँदै गएको छ । तर जति हुनुपर्ने हो, त्यो भएको छ, जति भएको छ, त्यो पर्याप्त छैन । विश्वका कतिपय विकसित मुलुकमा समेत महिलालाई मताधिकार नभएको अवस्थामा नेपालमा प्रधानमन्त्री विपी कोइरालाको प्रधानमन्त्री कालमा द्वारिकादेवी ठकुरानी मन्त्रिमण्डलमा समावेश भएकी थिइन् ।
जबसम्म वास्तविक श्रमिक महिला, त्यो पनि अनौपचारिक क्षेत्रमा संलग्न महिलालाई केन्द्रमा राखेर गतिविधि गरिन्न, उनीहरूका हक/अधिकार सुनिश्चित गर्ने हिसावले दबाब दिइन्न तबसम्म नारी दिवसको सार्थकता हुँदैन ।
पछिल्ला समयमा नेपालको प्रमुख राजनीतिक पददेखि सम्वैधानिक पदहरुमा महिलाहरुले नेतृत्व गर्ने अवसर पाएका छन् । नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा महिलाका लागि ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गरेको छ भने केन्द्रदेखि स्थानीय तहसम्मको संघीय संरचनामा प्रमुख वा उपप्रमुख मध्ये एक महिला हुनुपर्ने बाध्यकारी व्यवस्थाले राज्यका सबै निकायमा महिलाको पहुँच स्थापित गरेको छ ।
महिलाहरुले आफ्नो कार्यकालमा संविधान र कानूनले दिएको अधिकार, जिम्मेवारी र दायित्व अनुसार सफलतापूर्वक काम गरेर मौका पाउँदा महिलाहरुले गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् । जस्तै राष्ट्रपतिमा विद्यादेवी भण्डारी र सभामुखमा ओनसरी घर्ती, सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्की, परराष्ट्र मन्त्री डा. विमला राई पौडेल र परराष्ट्र सचिव सेवा लम्साललगायत निजामति, कूटनीति, न्यायालय, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेलकुद, सञ्चार, वित्त, सुरक्षा निकाय, स्थानीय निकाय सवैतिर निर्वाह गरेको भूमिकाले आम महिलाहरुको शिर उच्च भएको छ ।
नेपालका महिलाहरुले समाजलाई पुर्याएको योगदानले अन्तर्राष्ट्रिय पुरस्कार समेत पाएका छन् । विश्वका महिलाले नेपालका महिला सहभागिताको उदाहरण र काम देखेर हर्ष मान्नु परेको छ । यो उदाहरण नै अन्तर्राष्ट्रिय नारी दिवसको उपादेयता हो ।
देशको विकास, समाजको उन्नति र व्यक्तित्व विकास र सफलता शिक्षाबाटै हुने हो । ब्यक्तिको बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक, भौतिक, नैतिक आदि सम्पुर्ण पक्षको वा ब्यक्तिको सर्वाङ्गीण विकास गराउनु नै शिक्षा हो । औपचारिक शिक्षा स्कुल÷कलेजबाट आदानप्रदान गरिन्छ भने अनौपचारिक शिक्षा मानिस जन्मिएदेखि मृत्युपर्यन्तसम्म लिइरहेको हुन्छ । जीवनको सम्पुर्ण अनुभव नै शिक्षा हो । त्यसैले महिला अर्थात आमा हामी सवैको पहिलो शिक्षिका हुन् ।
भागवत गीतामा ‘पृथ्बीमा ज्ञानभन्दा शुद्ध अरु केही छैन’ भनिएको छ । विख्यात दार्शनिक सुकरातले ‘प्रत्येक मानिसको मष्तिष्कमा अदृष्य रूपले बिद्यमान संसारको त्यो सर्वमान्य विचारलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो’ भनेका छन् । त्यो विचारलाई प्रकाशमा ल्याउने बाटो देखाउने काम शिक्षक÷शिक्षिकाले गर्ने हो । मेहनत, परिश्रम र लगनशीलता विद्यार्थीमा हुनुपर्छ ।
शिक्षामा राज्य लगानी र मेहनत बढाउनु पर्ने आवश्यकता देखिन्छ । कतिपय दूरदराजमा विद्यालयको कमी, गरिवी र अभिभावकमा चेतनाको कमीका कारण अझै पनि हजारौं बालबालिकाहरुले शिक्षाबाट वन्चित छन् । राज्यले दूरदराजका वस्ती, गरिव र पिछडिएका वर्गसम्म शिक्षाका पहुँच पुर्याउन जरुरी छ । ताकि हाल महिलाहरुले शिक्षाको अभावमा भोग्नु परेको पीडा, गरिवी अबका बालबालिका अर्थात भविष्यका भहिलाहरुले भोग्नु नपरोस् ।
अब हाम्रो ध्यान समाजमा व्याप्त विकृति, विसंगीत र अशिक्षा विरुद्ध हुनुपर्छ । महिला तथा बालहिंसा, बलात्कार, यौनदुव्र्यवहार, हत्या, छाउपडी प्रथा, दाइजो, अशिक्षा, गरिवीको अन्त्य गर्न सफल हौ । सरोकारवाला निकाय, नियन्त्रण गर्ने कार्यकारी निकाय, नियमन गर्ने नियामक निकाय र न्याय दिलाउने स्वतन्त्र, स्वच्छ एवं सक्षम न्यायपालिकाले यसमा भूमिका खेलुन् ।
नारी अधिकारका सुनिश्चितताको लागि विभिन्न कानुनी प्रावधानको व्यवस्था भए पनि व्यवहारमा खासै रूपान्तरण भएको पाइदैन । सामाजिक रूपान्तरण गरेर ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने सपनालाई यथार्थतामा बदल्न आधा आकाश ओगटेका नारीहरूको साक्षरता र सशक्तीकरणको विकल्प छैन । अन्तर्राष्ट्रिय महिला दिवस, महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा हार्दिक शुभकामना ।