मोरङ । उर्लाबारीमा फाल्गुन २५ गतेदेखि पाँचौ उर्लाबारी मेयरकप फुटबल प्रतियोगिता २०८० हुने भएको छ ।
उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा उर्लाबारी फूटबल क्लबको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा उर्लाबारीका ९ वडाले खेल्नेछन । उर्लाबारी नगरपालिकाको मुख्य प्रायोजन रहेको पाचौ संस्करणको उक्त प्रतियोगितालाई उर्लाबारी नगरपालिकाले कुल ५ लाख रुपैया सहयोग गरेको छ भने उक्त प्रतियोगिता समापन गर्न कुल लागत ७ लाख अनुमान गरिएको उर्लाबारी फूटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फूटबल संघ का केन्द्रिय सदस्य दिपेन्द्र धिमालले जानकारी दिए ।
जिल्ला फुटवल संघ मोरङको प्राबिधिक सहयोगमा हुने उर्लाबारी मेयरकपको पाचौ सस्करणको बिजेताले रु १ लाख र उपबिजेताले ५० हजार रूपैयाँनगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन ।
अखिल नेपाल फूटबल संघ का केन्द्रिय सदस्य तथा उर्लाबारी फूटबल क्लबका अध्यक्ष दीपेन्द्र धिमाल, मोरङ फूटबल संघका उपाध्यक्ष विशाल तामाङ, उर्लाबारी युवा क्लबका अध्यक्ष रोहित थापा र उर्लाबारी युवा क्लबका सचिव तथा सञ्चार क्लब नेपालका पुर्व अध्यक्ष घनश्याम भण्डारी साे कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।