काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ । यससँगै सूचक २०२७.५७ विन्दुमा आएको छ ।
कुल ३४ कम्पनीको २३ सय ९० कित्ता सेयर कारोबार हुँदा ७ लाख १२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४६ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।