रसुवा । ग्याल्बो ल्होसारको अवसरमा नेपाल खेलकुद महासंघ रसुवाको आयोजनामा प्रथम रसुवा नेकोस कप खुला जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम फागुन २५ गतेदेखि २८ गतेसम्म कालिका हिमालय माविको खेल मैदानमा हुने भएको छ ।सदरमुकाममा भएको पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनर्पु तामाङले भलिबल, कप तथा खेलकुद सामग्रीको प्रर्दशन गरी खेलको बारेका चर्चा गरे । उनले स्वास्थ्यका लागि खेल अपरिहार्य रहेकोले युवा वर्गले खेलकुदको विकासमा ध्यानदिनुपर्ने बताए ।
नेपाल खेलकुद महासंघ रसुवाका अध्यक्ष बिराज तामाङले जिल्ला स्तरिय भलिबल खेलको आयोजना गरेकोले सवैले सकरात्मक रुपमा लिएर खेलको विकसमा जुट्नुपर्ने बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई रू ७७ हजार ७७७, दितिय रु ४४ हजार ४४४,र तृतिय टिमलाई क्रमश रु २२ हजार २२२ नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै खेलमा अनुशासित खेलाडी , उत्कृष्ट स्पाईकर , उत्कृष्ट ब्लकर , उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, र उत्कृष्ट कोचहरुको पनि ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै व्वाटर फाइनलदेखि म्याच अफ दी म्याचलाई पनि ट्रफी प्रदान गरिने महासंघका अध्यक्ष तामाङले बताए ।
टीम दर्ता गर्नका निम्ति तीन हजार पाँच सय रुपैयाँ श्ल्क लाग्ने छ । टीम दर्ता फागुन २३ गतेसम्म गर्नुपर्ने जनाइएको छ ।