काठमाडौं । एनआइसी एशिया बैंकका बारेमा गलत हल्ला फैल्याइएको बैंकको दावी छ । समाचार र सामाजिक सञ्जालमा आएका समाचार र स्टाटर्समा लेखिए जस्तो अवस्था नदेखिएको बैंकले सार्वजनिक गरेको डाटा, विवरण र प्रेस विज्ञप्तिबाट प्रष्ट हुन्छ ।
केही दिनअघि एनआईसी एशियाले आफ्नो ५० वटा शाखा बन्द गरिदिन राष्ट्र बैंकलाई पत्र लेखेको समाचार आएपछि बैंकले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएको थियो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधीरनाथ पाण्डेले विज्ञप्ति जारी गर्दै उक्त समाचार कपोकल्पित भएको भन्दै बैंकको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
बैंकले विगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका लागि आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको उल्लेख गर्दै समाचारको खण्डन समेत उनले गरेका छन् ।
एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड ३८ लाख रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत वर्षको तुलनामा घटेको भएपनि नोक्सान भएको भने छैन ।
हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रूपैयाँ रहेको छ । केन्द्रीय बैंकको प्रावधानअनुसार बाणिज्य बैंकहरूको न्यूनतम चुक्तापुँजी ८ अर्ब रूपैयाँ हो । यो बैंकसँग ३ खर्ब ८१ अर्ब ३९ करोड ६० लाख रूपैयाँ निक्षेप छ । ऋण लगानी ३ खर्ब २ अर्ब ६५ करोड ५० लाख रूपैयाँ छ । ४ अर्ब १२ करोड फिक्स्ड एसेट छ भने ३ अर्ब ४० करोड रूपैयाँ गैरबैंकिङ सम्पत्ति छ ।
१ अर्ब ३८ करोड ७० लाख कर्मचारी खर्च छ भने कार्यालय सञ्चालन खर्च १ अर्ब ८ करोड ७० लाख रूपैयाँ छ ।
यस्तो छ बैंकको जारी गरेको तथ्यांक सहितको विवरण :