काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन्।
विशेष अदालत, काठमाडौंका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व मन्त्री जोशीलाई सफाइ दिएको हो। उनीसँगै पूर्व सचिव दिनेश अधिकारीले पनि सफाइ पाएका छन्।