काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्। बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले व्यवस्थाप्रति बढेको वितृष्णा अन्त्य गर्न,राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि राजनीतिक दलहरूबीच छलफल र सहकार्य हुनुपर्नेमा जोड दिएका हुन्।
उनले केहीको चाहनाका आधारमा व्यवस्था नै परिवर्तन हुने स्थिति नभएको र जनतामा देखिएको निराशा अन्त्यका लागि राजनीतिक दलहरू र नागरिक एकतावद्ध हुनुपर्ने बताए। सभामुख घिमिरेले भर्खरै सुरु भएको संसदको हिउँदे अधिवेशनलाई विगतको अनुभवका आधारमा गतिशिल बनाएर लैजानुपर्ने धारणा राखे ।
उनले सरकारले चालू अधिवेशनमा सरकारले करिब ६१ वटा विधेयक ल्याउने तयारी गरेकाले यसपटक धेरै कानुन निर्माण हुन सक्ने जिकिर गरे ।