काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा रुविना क्षेत्रीले शानदार सतक प्रहार गरेकी छन्। क्षेत्रीले सतकसँगै नेपालले माल्दिभ्ससामु २२८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै नेपालले २२७ रनको योगफल तयार गरेको छ। क्षेत्रीले ५९ बलमा ११८ रन बनाएर अविजित रहिन्। रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन्। योसँगै रुविना क्षेत्री नेपालका लागि पहिलो शतक प्रहार गर्ने महिला खेलाडीसमेत बनेका छिन्।
यसैगरी पुजा महतोले अर्धशतक प्रहार गरेकी थिइन्। उनले ३६ बलमा १ छक्का र ५ चौकासहित ५९ रन बनाएर अविजित रहिन्।
पुजाले करिअरको पहिलो अर्धशतक बनाउने क्रममा ५९ रन बनाइन्। उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन्। नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो।
नेपालकी ओपनर कविता कुँवर १३, सीता रानामगरले १५ रन बनाइन् भने अन्यले दोहोरो अंक जोड्न सकेनन्।
माल्दिभ्सका लागि शम्मा अलीले ३ विकेट र नब्बा बिन्थु नसिमले १ विकेट लिइन्।