काठमाडौं । कालिन्चोक दर्शन प्रा.लि.ले नाफा कमाएको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ६.४० प्रतिशतले बढेको छ अर्थात ६४ लाख ३४ हजार रुपैयाँ पुगेको हो ।
गत वर्षको यसैअवधिमा यस कम्पनीले ६० लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा सञ्चालन आम्दानी ३५.३७ प्रतिशतले बढेर ३ करोड ३० लख ८३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ७१.८४ प्रतिशतले बढेर १ करोड ३७ लाख ३० हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ८६ पैसा छ ।