काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। अघिल्लो कारोबार दिन एकल अंकले घटेको नेप्से आज १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा कायम भएको हो ।
सेन्सेटिभ इण्डेक्स १.५९ प्रतिशतले बढेको छ । यसदिन नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर २ अर्ब ४३ करोड ८ लाख ५८ हजार २५४ रुपैयाँमा खरिदबिक्री भयो।
आइतबार ३ अर्ब रुपैयाँ बढिको सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
नेपाल दूरसञ्चार,पिपुल्स पावर र समाज लघुवित्त वित्तीयको सेयर मूल्य १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १८ करोड बढिको सेयर कारोबार भयो।
यसदिन ९ उपसमूहको सूचक बढ्यो। कारोबारमा आएका कम्पनीमध्ये १४८ को मूल्य बढ्दा ८६ वटाको घट्यो भने १३ को मूल्य स्थिर रह्यो।