काठमाडौँ । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् ।
बिहीबार राति पौने १० बजे सुनवल नगरपालिका– ४ गैरै पेट्रोलपम्प नजिकै काठमाडौँबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु–२ ख १६९६ नम्बरको टिप्पर आपसमा ठोक्किएका थिए ।
बसमा सवार ३५ जनामध्ये १७ जना घाइते भएका हुन् । बाँकी यात्रु सकुशल छन् ।
घाइते मध्ये नवलपरासी देवचुली नगरपालिका– १२ का ३२ वर्षीय प्रकाश न्यौपानेको अवस्था गम्भीर रहेको वताउँदै उनलाई राति नै बुटवलमा सामान्य उपचार गरी थप उपचारको लागि रुपन्देहीतर्फ रेफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र देवदह मेडिकल कलेज रुपन्देहीमा उपचार भइरहेको बताइएको छ ।
दुर्घटनापछि टिपर चालक नवलपरासीको सुनवल– १० का २८ वर्षीय सुनिल दर्जीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कोको भए घाइते –
– बस चालक जिल्ला कैलाली चुरे गा.पा. ४ बस्ने वर्ष अं. ३९ को कर्ण बहादुर सावदको टाउको र कम्मरमा चोट अवस्था मध्यम।
– जिल्ला बाजुरा हिमाली गा.पा.-७ बस्ने वर्ष अं. ६० कि टिकादेवी सन्यालको टाउको र छाथिमा चोट अवस्था मध्यम।
– जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका -१२ नयां बस्ने वर्ष अं. ३४ को गिरिराज भुसालको टाउकोमा चोट अवस्था मध्यम।
– जिल्ला कञ्चनपुर बेलौरी न.पा.-१० बस्ने वर्ष अं. २५ को सुनिल पालको टाउको र शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम।
– जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका -४ बस्ने वर्ष अं. १६ को सुजन बुरलाकोटीको हात खुट्टामा चोट अवस्था सामान्य।
– जिल्ला बाजुरा कोल्टी न.पा.-९ बस्ने वर्ष अं. ४० कि (महिला) राजु थापाको बायां खुट्टाको तिघ्रामा चोट अवस्था सामान्य।
– ऐ.ऐ. निजको छोरा बस्ने वर्ष अं. १६ को लक्ष्मण थापाको दाहिने हात र घुडामाको चोट अवस्था मध्यम।
– ऐ.ऐ. बस्ने निजको छोरा बर्ष अं. ३ को सुनिल थापाको हात खुट्टामा चोट अवस्था सामान्य।
– जिल्ला नवलपुर देवचुली न.पा.-१२ गैडी बस्ने वर्ष अं. ३२ को प्रकाश न्यौपानेको टाउकोमा चोट अवस्था गम्भीर।
– जिल्ला बर्दिया मधुबन न.पा.- ७ बस्ने वर्ष अं. २५ को बिनोद थापाको भित्री छातीमा चोट अवस्था मध्यम।
– जिल्ला नवलपरासी सुनवल न.पा.- ८ बस्ने वर्ष अं. ६३ को बलराम उबरकोटीको बांया हातमा चोट अवस्था सामान्य।
– ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अं. ३० को बलदिप नेपालीको टाउको सुन्निएको अवस्था मध्यम।
– ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अं. ३९ को भुपाल नेपालीको दाहिने हातमा चोट अवस्था सामान्य।
– जिल्ला बाजुरा गौमुल गा.पा. -६ बस्ने वर्ष अं. १८ को महेश रोकायको दुबै हात खुट्टामा चोट अवस्था सामान्य।
– जिल्ला बाजुरा बुढीनन्द न.पा.-१ बस्ने वर्ष अं. ५१ को खडकराज गिरीको दाहिने कुममा चोट अवस्था सामान्य।
– जिल्ला बाजुरा दुर्गाथली गा.पा. -४ बस्ने वर्ष अं. २९ को किशोर भण्डारीको खुट्टामा चोट अवस्था सामान्य।
– ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष अं. ४५ कि चन्द्र गिरीको हात खुट्टामा चोट अवस्था सामान्य।